७ कार्तिक, काठमाडाैँ। चर्चित गायक एड सिरनको गीत चोरेर डार्क वेभमा बेच्ने ह्याकरलाई जेल सजाय सुनाइएको छ। रिलिज नभएका २ वटा गीत चोरेर बेचेको आरोमा दोषी भएपछि ह्याकरलाई १८ महिना जेल सजाय हुने भएको हो।
एड्रियन क्विआत्कोस्कीले एड सिरन र र्यापर लिल उजी भर्टका १२ वटा गीतहरू क्रिप्टोकरेन्सीमा बेचेका थिए।
क्राउन अभियोजन सेवाले दिएको जानकारी अनुसार इप्सविचका २३ वर्षीय युवाले कलाकारहरूको डिजिटल अकाउन्ट ह्याक गरेपछि उनीहरूलाई समात्न सफल भएको थियो।
क्विआत्कोस्कीले प्रतिलिपि अधिकार उल्लङ्घन र आपराधिक सम्पत्ति राख्ने सहित १९ आरोपहरू स्वीकार गरेका छन्। उनले संगीत चोरी गर्दै बेचेर १ लाख ३१ हजार पाउण्ड कमाएको सिटी अफ लण्डन प्रहरीले जनाएको छ।
इप्सविच क्राउन कोर्टका अनुसार प्रतिवादीको एप्पल म्याक ल्यापटप खोजी गर्दा सिरन भर्ट सहित अन्य कलाकारहरूको ५६५ वटा अडियो फाइलहरू भेटिएका थिए।