८ कार्तिक, एजेन्सी। एक स्मार्ट रोबोटले एक घण्टामै १ लाख वटा गाँजाको बोट नष्ट गरेको छ। सन् २०२१ मा कार्बोन रोबोटिक्सले सार्वजिनक गरेको अटोनोमस विडरको गाँजाको बोट पत्ता लगाएर नष्ट गर्ने क्षमता रहेको छ।
गाँजा त्यतिकै उम्रिने भएका कारण किसानले लगाएका बालि क्षति गर्ने एक चिन्ता छ। त्यस्तै, धेरै देशमा गाँजा प्रतिबन्ध समेत रहेको अवस्थामा यो रोबोटले सरकारी अधिकारीहरूको चुनाैतिमा लड्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
रासायनिक तत्वहरूले बोटहरूलाई मार्न सक्छ। तर रासायनिक तत्वले पानी दूषित र माटोको स्वास्थ्यलाई पनि असर गर्न सक्छ। माटोको स्वास्थ्य बचाउन र पानी दूषित नबनाउन रोबोट बरदान हुने बताइएको छ।
यो रोबोट चल्न थालेपछि १२ वटा क्यामेराले जमिन स्क्यान गर्न थाल्छन्। रोबोटमा जडित एआइ जडित कम्प्युटरले गाँजाको बोट पत्ता लगाउने र रोबोटको कार्बोन डाइअक्साइडले गाँजाको बोट मार्ने बताइएको छ।
यो रोबोटले एक घण्टामा १ लाख वटा गाँजाको बोट नस्ट गर्न सक्ने क्षमता राख्दछ। त्यस्तै, एक दिनमा १५ देखि २० एकड जमिनको गाँजा नष्ट पार्न सक्ने बताइएको छ।