८ कार्तिक, एजेन्सी। मेटाको स्वामित्व रहेको सामाजिक सञ्जाल ह्वाट्सएपमा समस्या देखिएको छ। भारत लगायत केही मुलुकमा ह्वाट्सएपमा म्यासेज नजाने समस्या देखिएको छ।
डाउन डिटेक्टरमा पनि ह्वाट्सएपमा समस्या देखिएको भन्दै हजाराै प्रयोगकर्ताहरूले रिपोर्ट गरिरहेका छन्। त्यसमध्ये ६९ प्रतिशत रिपोर्ट म्यासेज नजाने र अरू भने डिसकनेक्सन र एप क्र्यासिङ सम्बन्धि रहेका छन्।
बिबिसीले उल्लेख गरे अनुसार युकेमा पनि यो म्यासेजिङ एप चलिरहेको छैन। इटाली र टर्कीका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि म्यासेज पठाउन नसकिएको पोस्ट गरिरहेका छन्। यो समस्या नेपालमा पनि देखिएको छ।
कम्पनिले अहिले ह्वाट्सएपमा देखिएको समस्या समाधानको कार्य भइरहेको जानकारी दिएको छ।