८ कार्तिक, काठमाडाैँ। नेपाल टेलिकमले ग्रुप म्यासेजको प्याकेज ल्याएको छ। उक्त प्याकेजबाट एकै पटक १० हजार जनासम्मलाई एउटै म्यासेज पठाउन सकिनेछ।
यही कार्तिक ८ गतेदेखि २१ गतेसम्म लागु हुने यस प्याकेजमार्फत एउटै नेटवर्कका नम्बरमा एकै पटक म्यासेज पठाउन सकिनेछ। यो प्याकेजबाट एउटा नम्बरलाई म्यासेज पठाएको ५० पैसा लाग्नेछ।
टेलिकमले १० हजार जनालाई म्यासेज पठाउँदा ५ हजार रूपैयाँ, ५ हजार जनालाई म्यासेज पठाउँदा २५ सय रूपैयाँ र २ हजार जनालाई म्यासेज पठाउँदा १ हजार रूपैयाँ लाग्ने जानकारी दिएको छ ।
कसरी पठाउने एकै पटक १० हजार जनासम्मलाई एकै पटक म्यासेज ?
१. groupsms.ntc.net.np मा लग इन गर्ने,
२. अोटिपी भेरिफिकेशन गरेर कस्टुमर डेस्क्लेमरमा सहमति जनाउने,
३. इच्छाएको प्याकेज खरिद गर्ने,
४. एक्सेल सिटबाट कन्ट्याक नम्बरहरू इम्पोर्ट गर्ने वा ग्रुप एसएमएस टाइप गरि पठाउने