११ कार्तिक, एजेन्सी। विश्वकै सबैभन्दा धनाड्य व्यक्ति एलन मस्कले ट्विटर खरिद गर्ने अन्तिम चरणमा पुगेका छन्। केही महिनाको लडाइँका बाबजुद उनि सामाजिक सञ्जाल कम्पनि ट्विटर किन्ने अवस्थामा पुगेका हुन्।
ट्विटर खरिद गरेपछि उनले कम्पनिका वर्तमान सिइओ पराग अग्रवाल र चिफ फाइनान्स अफिसर नेट सेगल लगायत अन्य उच्च तहका कर्मचारी बर्खास्त गर्ने द वालस्ट्रिट जर्नल र द वासिङटन पोस्टले रिपोर्ट गरेका छन्।
मस्कले सम्झौता पूरा गर्न शुक्रबारको म्याद अगावै काम तीव्र गतिमा बढाइरहेका छन्। उनले पहिलो पटक अप्रिलमा ४४ अर्ब डलरमा ट्विटर खरिद गर्ने सम्झाैता गरेका थिए। तर, उनले यो सम्झाैता कार्यान्वयन नगर्ने घोषणा गरेपछि यो मुद्दा अदालतसम्म पुगेको थियो।
उनले बिहीबार नै आफ्नो ट्विटरको बायोमा समेत ‘Chief Twit’ भनेर अपडेट गरेका छन्। यसले उनले ट्विटर लगभग खरिद गरिसकेको धेरैको अनुमान छ।