१२ कार्तिक, एजेन्सी।युरोपेली संघले २०३५ देखि नयाँ पेट्रोल र डिजेल कारको बिक्रीमा प्रभावकारी रूपमा प्रतिबन्ध लगाउने कानुनमा एक सम्झौता गरेको छ। जसको उद्देश्य विद्युतीय सवारीसाधनमा स्विच गर्ने र जलवायु परिवर्तनसँग लड्ने लक्ष्य राखिएको छ।
यस कदमका लागि युरोपियन युनियनका देशहरू र युरोपेली संसदका वार्ताकारहरूले इयु कानुन स्विकृत गर्नु पर्नेछ। त्यस्तै, युरोपियन कमिसन र कार निर्माता कम्पनिहरूको समझदारीमा २०३५ सम्म पेट्रोलियम पदार्थद्वारा चल्ने सवारी साधनहरूको बिक्रीमा प्रतिबन्ध लाग्नेछ।
२०३५ देखि युरोपियन युनियनका २७ सदस्य राष्ट्रहरूमा पेट्रोलियम पदार्थबाट चल्ने कारहरू बिक्री गर्न नपाइने बिबिसीमा उल्लेख छ।
इयुका जलवायु नीति प्रमुख फ्रान्स टिमरम्यानले यो सम्झौताले उद्योग र उपभोक्ताहरूलाई बलियो संकेत दिएको प्रतिक्रिया दिएका छन्।
सम्झौतामा २०३० बाट २०२१ दरको तुलनामा बिक्री हुने नयाँ कारहरूका लागि कार्बन डाइअक्साइड उत्सर्जनमा ५५ प्रतिशत कटौती गर्ने पनि समावेश गरिएको थियो। जुन त्यसबेलासम्म ३७.५ प्रतिशत घटाउने विद्यमान लक्ष्यभन्दा धेरै हो।