१३ कार्तिक, काठमाडाैँ। चर्चित फेसबुक ग्रुप मेन्स रूम रिलोडेड(एमआरआर) ग्रुपलाई फेसबुकले निस्क्रिय बनाएको छ। फेसबुकको ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको जानकारी सहित फेसबुकको कम्पनी मेटाले उक्त ग्रुपलाई निस्क्रिय बनाएको हो।
एमआरआर ग्रुपका एडमिनले ग्रुपलाई फेसबुकले निस्क्रिय बनाएको जानकारी सहितको पोस्ट शेयर गरेका छन्। अहिले उक्त पोस्ट फेसबुकमा अत्यधिक शेयर भइरहेको छ।
फेसबुकले कुन पोस्टले कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्ने प्रष्ट नपारेको ती एडमिनले गरेको पोस्टमा उल्लेख गरिएको छ। उनले ग्रुप फिर्ता ल्याउनका लागि अपिल गरिएको जानकारी दिइएको छ।
पछिल्लो समय राजनीतिक एजेन्डामा छलफल हुन थालेपछि एमआरआर निस्क्रिय भएको कतिपयको अनुमान छ। करिब २ वर्षअघि पनि एमआरआरमाथि फेसबुकले कारबाही गरेको थियो।