१३ कार्तिक, एजेन्सी। रूसी सेनाले युक्रेनले शनिबार क्रिमियास्थित ब्ल्याक सी क्षेत्रमा ड्रोनले आक्रमण गरेको आरोप लगाएको छ ।
हालैका महिनाहरूमा धेरै पटक लक्षित गरिएको मस्कोको सहयोग रहेको क्रिमियाको सेवस्तोपोलमा हालैका महिनाहरूमा धेरै पटक आक्रमणको निशाना बनाइएको हो । यो युद्धक विमानको मुख्यालय र युक्रेनमा युद्ध सञ्चालनको लागि सामान ओसारपसार गर्ने ठाउँ हो ।
रुसी सेनाले बन्दरगाहमा शनिबार बिहानै गरेको आक्रमणमा नौवटा हवाई ड्रोन र सातवटा सामुद्रिक ड्रोन ‘नष्ट’ गरेको दाबी गरेको छ ।
मस्कोको सेनाले दक्षिणी युक्रेनी शहर ओचाकिभमा रहेका बेलायती ’विशेषज्ञहरू’ले कीभलाई आक्रमणका लागि तयारी र प्रशिक्षण दिन सहयोग गरेको आरोप लगाएको छ ।
यसैबीच मस्कोले गत महिना नोर्ड स्ट्रिम ग्यास पाइपलाइन विस्फोटमा सोही बेलायती एकाइको संलग्नता रहेको बताएको छ ।
मस्कोको सेनाले क्रिमियाली शिबिरमा लक्षित विमानहरू संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा युक्रेनी खाद्यान्न निर्यात गर्न अनुमति दिने सम्झौतामा संलग्न रहेको बताएको छ ।
रुसले हालै उक्त सम्झौताको आलोचना गर्दै पश्चिमा प्रतिबन्धका कारण आफ्नै खाद्यान्न निर्यातमा असर परेको बताएको थियो ।
–आक्रमणबारे रुसको ‘झुटो दाबी’को बेलायती रक्षा मन्त्रालयको भनाइ–
यसैबीच लण्डनबाट प्राप्त समाचार अनुसार बेलायतको रक्षा मन्त्रालयले नर्ड स्ट्रिम ग्यास पाइपलाइन र रुसी नौसेनाको ‘ब्ल्याक सी फ्लीट’मा भएको आक्रमणमा आफ्ना विशेषज्ञको संलग्नता रहेको रूसको दाबीलाई शनिबार अस्वीकार गरेको छ।
रक्षा मन्त्रालयले ट्विटमा भनेको छ, “युक्रेनमा भएको गैर–कानुनी आक्रमणको आलोचना गर्दछ । आफ्नो विनाशकारी व्यवस्थापनबाट विचलित रूसले पछिल्ला दिनमा झूटो दाबीलाई बढावा दिइरहेको छ ।”