१४ कार्तिक, एजेन्सी। अन्तर्राष्ट्रिय स्पेस एजेन्सी नासाले मुस्कुराइरहेको सूर्यको तस्बिर सार्वजनिक गरेको छ। नासाको स्याटलाइटले खिचेको सूर्यको तस्बिर बुधबार सार्वजनिक भएको थियो। अहिले उक्त तस्बिरको चर्चा भइरहेको छ।
नासाको सोलार डाइनामिक्स अब्जरभेटरीले मुस्कुराउँदै गरेको सूर्य खिचेको भने नासाले ट्विटरमा लेखेको छ।
अल्ट्राभाइलेट लाइटमा देखिने कालो धब्बालाई कोरोनल होल भनिने र उक्त भागबाट तीव्र गतिको सोलार बायु अन्तरिक्षमा निस्किने नासाले जानकारी दिएको छ।
मुस्कुराइरहेको सूर्यको तस्बिर नासाको सोलार डाइनामिक्स अब्जरभेटरीले खिचेको हो। यो एउटा कसरी सौर्य गतिविधि सिर्जना गरिन्छ भन्ने कुराकाे अनुसन्धान गर्न प्रयोग गरिन्छ।