१५ कार्तिक, एजेन्सी। चर्चित सामाजिक सञ्जाल ट्विटरका मालिक एलन मस्कले कम्पनिको निर्देशक बोर्ड नै भंग गरेका छन्। यसभन्दा अघि बोर्डमा रहेका सबैलाई मस्कले हटाएको बिबिसीमा उल्लेख छ।
गत हप्ता ४४ अर्ब डलरमा ट्विटर खरिद गरेका मस्क अब ट्विटरको नयाँ कार्यकारी हुने बताइएको छ। उनले ट्विटरमा धेरै परिवर्तनहरू गर्न चाहेको बताइएको छ।
ती परिवर्तनमा ट्विटरले खाताहरू प्रमाणीकरण गर्ने तरिका र कर्मचारी कटाैती समेत रहेको बताइएको छ।
वाशिंगटन पोस्टको रिपोर्ट अनुसार ट्विटरले पहिलो चरणमा कम्पनीका २५ प्रतिशत कर्मचारी कटाैती गर्ने तयारी गरिरहेको छ। तर, यसबारे ट्विटरले केही प्रतिक्रिया भने नदिएको बिबिसीमा उल्लेख गरिएको छ।
ट्विटर खरिद गरेको केही दिनमा नै एलन मस्कले सिइओ पराग अग्रवाललाई बर्खास्त गरेका थिए।