१५ कार्तिक, काठमाडाैँ। नेपाल टेलिकमले फाइभ-जी नेटवर्कको परीक्षण गर्ने भएको छ। टेलिकमले फाइभ-जी नेटवर्कको आन्तरिक परीक्षण शुरू गर्ने तयारी थालेको हो।
टेलिकमले काठमाडाैँमा रहेको मुख्य कार्यालयमा फाइभ-जी नेटवर्कको परीक्षण गर्ने बताइएको छ। आन्तरिक परीक्षण सम्पन्न भएपछि फाइभ-जी नेटवर्कको केही महिनामा सार्वजनिक परीक्षण गरिने टेलिकमले जानकारी दिएको छ।
नेपाल टेलिकमले आफ्नो स्थापनाको १३ औं वार्षिक उत्सवको अवसरमा प्रिपेड सिममा चोथौ पुस्ताको फोरजी इन्टरनेट सुरू गरेको थियो।
भारतमा भने अक्टोबर १ तारिखदेखि फाइभ-जी नेटवर्क सुचारू भइसकेको छ।