१५ कार्तिक, एजेन्सी। चर्चित सामाजिक सञ्जाल इन्स्टाग्रामले माफी मागेको छ। डाउन भएपछि कम्पनीले माफी मागेको हो।
इन्स्टाग्राम सोमबार राती करिब ८ घण्टा डाउन भएको थियो। सोही विषयमा प्रयोगकर्ताहरूमाझ परेको असरप्रति जिम्मेवारी वहन गरेको छ।
इन्स्टाग्राम डाउन भएका कारण धेरै प्रयोगकर्ताका फलोअर्स घटेका थिए। कतिपयले भने इन्स्टाग्राममा लग इन गर्न समेत पाएका थिएनन्।
सोमबार राती डाउन भएको इन्स्टाग्राम करीब ८ घण्टासम्म अवरूद्ध भएको थियो। अहिले भने इन्स्टाग्राम सामान्य रूपमा नै चलिरहेको छ।