चीनको एप्पल फ्याक्ट्रीमा काम गर्ने कर्मचारीहरू भागेका छन्। कोरोना संक्रमण बढ्दै गएपछि लकडाउन हुने चर्चाले उनीहरू पर्खाल चढेर भागेको भिडियोहरू सार्वजनिक भइरहेका छन्।
चिनियाँ सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरू फक्सकन कम्पनिमा कार्यरत कर्मचारीहरूको हो। उनीहरू पर्खाल नाघेर सबै सामग्रीहरू लिएर हिँडिरहेको देखिएको छ।
विभिन्न सञ्चारमाध्यमहरूले त्यसरी कर्मचारीहरू कारखानाबाट भाग्नु सरकारको शुन्य कोरोना नीतिमा जनताहरूको असन्तुष्टि प्रस्ट हुने उल्लेख गरेका छन्। चीन सरकारले अनिवार्य परीक्षण सहित कडा नियम बनाएर कोरोना संक्रमण रोक्ने प्रयास गरिरहेको छ।
हेनान प्रान्तको झेन्झोउमा रहेको फक्सकन कम्पनीमा ३ लाख ५० हजारभन्दा बढी कर्मचारी रहेको बताइएको छ। उक्त कारखाना चीनमा भएको मध्ये एप्पलको सबैभन्दा ठूलो कारखाना हो। उक्त कारखानामा एप्पलका आइफोन १४ सहित सबै उत्पादनहरू निर्माण हुने बताइएको छ।