उत्तर कोरियाले इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आइसिबिएम) प्रक्षेपण गरेको छ। लामो दूरिमा प्रहार गर्न सक्ने क्षमताको मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाका अधिकारीहरूले बताएका छन्।
आइसिबिएम उत्तर कोरियाले प्योङयाङबाट यसै वर्ष प्रक्षेपण गरेको साताैँ मिसाइल हो। यो प्रक्षेपणसँगै उत्तर कोरियाले चाँडै परमाणु हतियार परीक्षण गर्ने शङ्का उब्जिएको बताइएको छ।
दक्षिण र उत्तर कोरियाले मिसाइलहरू प्रहार गरेको अर्को दिन पनि उत्तर कोरियाले आइसिबिएम प्रक्षेपण गरेपछि विवाद थप बढेको छ। पछिल्लो समय एकै दिन उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको अहिलेसम्म कै सबैभन्दा धेरै भएको बताइएको छ।
दक्षिण कोरिया र अमेरिकाले संयुक्त शैन्य अभ्यास गर्ने सम्झाैता गरेसँगै उत्तर कोरियाले त्यसको प्रतिकार स्वरूप मिसाइल प्रहार गरेको थियो।