१७ कार्तिम, एजेन्सी। अन्तरिक्ष कम्पनि स्पेसएक्सले फाल्कन हेबी रकेट लन्च गरेको छ। सेनाको लागि उपग्रहहरू र त्यसपछि प्याडको पछाडि बूस्टर ल्यान्डिङहरू सहित उक्त रकेट लन्च गरिएको हो।
नासाको केन्नेडी स्पेस सेन्टरबाट बुधबार बिहान रकेट लन्च गर्दा ठूलो धुवाँको मुस्लो देखिएको थियो।
दुबै पक्षका बूस्टरहरू लिफ्ट अफ भएको दुई मिनेट पछि केप क्यानाभरलमा फर्किए र केही सेकेन्डको दूरीमा एक अर्काको छेउमा अवतरण गरे। रकेटको कोर स्टेज समुद्रमा खसालिएको थियो।
यो स्पेसएक्सले प्रक्षेपण गरेको चाैथो हेबि रकेट हो। यो रकेट अहिले प्रयोग भइरहेको मध्ये सबैभन्दा शक्तिशाली हो। सन् १०१८ बाट स्पेसएक्सका मालिक एलन मस्कले फाल्न रकेट लन्च गरिरहेका छन्।