१७ कार्तिक, काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालमा होस्ट हुने सुरक्षित डाटा सेन्टर र नेपालको आफ्नै स्याटेलाइट राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
मंसिर ४ गते हुने निर्वाचनका लागि ‘वाचा पत्र’ सार्वजनिक गर्दै नेपालमा डिजिटल पद्धति विकास गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिबद्धता व्यक्त गरेको छ।
पार्टीको पत्रमा भौतिक डिजिटल पूर्वाधार विकास गर्ने, उच्चगतिको इन्टरनेटमा पहुँच पुर्याउने, एक्सेस पोइन्ट राख्ने लगायत प्रतिबद्धता व्यक्त गरेको छ। त्यस्तै, न्मदर्ता, नागरिकता, लाइसेन्स, भोटर कार्ड, बिमा कार्ड जस्ता अनेकौँ कागजात बोक्नु पर्ने बाध्यतालाई समाप्त गर्न र सहजताका लागि जन्मदेखि मृत्युसम्मका सबै सरकारी तथा निजी सेवाहरु प्रदानका कागजरहित एकिकृत राष्ट्रिय परिचय पत्र व्यवस्था गर्ने पनि उल्लेख छ।
इन्टरअपरेवल डिजिटल भुक्तानी प्रणालीको स्थापना र सञ्चालन गर्ने तथा अपराध र अपराधी पहिचान गर्ने आधुनिक डिजिटल संयन्त्र र प्रणालीको स्थापना गर्ने पत्रमा उल्लेख गरिएको छ।
त्यसैगरी, दुई वर्षभित्र रु. १००० भन्दा बढीका सबै सरकारी सेवाहरुको अनिवार्य डिजिटल भुक्तान गर्नु पर्ने व्यवस्था मिलाउने पनि पार्टीले प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ।