१८ कार्तिक, काठमाडाैँ। एलन मस्कले स्वामित्व ग्रहण गरेको चर्चित सामाजिक सञ्जाल ट्विटरमा कर्मचारी कटाैती सुरू भएको छ। वासिङटन पोस्टका अनुसार कर्मचारीहरूलाई इमेल पठाउँदै कामबाट निकालिएको छ।
एलन मस्कले ट्विटरका करीब ५० प्रतिशत कर्मचारीलाई बिदा गर्ने अनुमान अन्तरराष्ट्रिय मिडियाहरूले गरेका छन्। उनीहरूका अनुसार ट्विटरको टिमबाट ७५०० जना कर्मचारीको जागिर खोसिँदै छ।
ट्विटरमा शुक्रबारबाट नै कर्मचारी कटाैति सुरू भएको छ। अहिले केही कर्मचारीहरूले काममा नफर्किनु भन्ने इमेल पाइरहेको बताइएको छ।
गत हप्ता संसारकै सबैभन्दा धनाड्य व्यक्ति एलन मस्कले ४४ अर्ब डलरमा ट्विटर खरिद गरेका छन्। उनले अब ट्विटरमा ठूलो परिवर्तन हुने पनि बारम्बार दोहोर्याइरहेका छन्।