१९ कार्तिक, काठमाडाैँ। सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द हुने भएको छ। आगामी मंसिर १ गतेदेखि अनलाइन आवेदन बन्द हुने जानकारी दिइएको छ।
स्मार्ट ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन प्रणाली अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द हुने यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै जानकारी दिएको छ।
विभागले जारी गरेको सुचनामा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विभागका कर्मचारहरू पनि खटिनुपर्ने हुँदा अनलाइन सेवा बन्द गर्न लागिएको उल्लेख गरिएको छ।
विभागले उक्त सुचनामा सेवा सुचारू हुने दिनबारे केही जानकारी भने दिएको छैन।