१९ कार्तिक, एजेन्सी। विश्वकै धनाड्य व्यक्ति एलन मस्कले चर्चित सामाजिक सञ्जाल खरिद गरेपछि पूर्वप्रेमिकाको ट्विटर अकाउन्ट डिलिट गरिदिएका छन्।
गत हप्ता ट्विटरका मालिक बनेका उनले पूर्वप्रेमिका एम्बर हर्डको ट्विटर अकाउन्ट डिलिट गरिदिएका हुन्।
सन् २०१७ मा जोनी डिपसँग सम्बन्धविच्छेद गरेकी हर्डको एलन मस्कसँगको सम्बन्धबारे चर्चा थियो। उनीसँगको सम्बन्धकै कारण मस्कले ट्विटर अकाउन्ट डिलिट गरिदिएको चर्चा हुन थालेको छ।
४४ अर्ब डलरमा ट्विटर खरिद गरेपछि मस्कले ट्विटरमा ठूलो परिवर्तनको तयारी गरिरहेका छन्। उक्त परिवर्तनमा नक्कली अकाउन्ट हटाउने, कर्मचारीहरू बर्खास्त गर्ने र भेरिफाइड अकाउन्टका लागि मासिक शुल्क लिने समेत रहेका छन्।