२२ कार्तिक, एजेन्सी। फेसबुकको मातृ कम्पनी मेटाले हजाराैँ कर्मचारी कटाैती गर्ने भएको छ। अमेरिकाको एक मिडिया रिपोर्टका अनुसार बुधबार मेटाले कर्मचारी कटाैतीबारे घोषणा गर्नेछ।
मेटाको तेश्रो चाैमासिकको अनपेक्षित परिणामले सिइओ मार्क जुकरबर्गले कर्मचारी कटाैती हुने बताएका थिए। उनले २०२३ मा सानो कर्मचारी संयन्त्रबाट ठूलो परिणाम निकाल्नका लागि लगानी गर्ने बताएका थिए।
मेटाका विश्वभर करीब ८७ हजार कर्मचारी रहेका छन्। यी कर्मचारीहरू फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा कार्यरत छन्।
रोजगारी कटौतीको योजनाले प्राविधिक क्षेत्रमा उद्योगले विश्वव्यापी आर्थिक वृद्धिलाई सुस्त बनाएको कठिनाइहरू पछ्याउने बताइएको छ।
मुद्रास्फिति बढ्दै गएपछि विज्ञापन समर्थन गर्ने फेसबुक र अल्फाबेटको गुगल विज्ञापनदाताले कटाैती गरेको विज्ञापन खर्चबाट पीडित भएका छन्।
त्यस्तै, विश्वका धनाड्य व्यक्ति एलन मस्कले चर्चित सामाजिक सञ्जाल ट्विटरमा पनि कर्मचारी कटाैति सुरू भएको छ। ट्विटरले करीब ५० प्रतिशत कर्मचारी कटाैति गर्ने बताइएको छ।