२७ कार्तिक, एजेन्सी। विश्वको दोश्रो ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनि टाट पल्टिएको छ। अमेरिकामा एफटिएक्सले टाट फल्टिएको भन्दै निवेदन दर्ता गरेको बिबिसीमा उल्लेख छ।
एफटिएक्सका पूर्वमालिक साम ब्यांकम्यान फ्राइड पनि कम्पनीको कार्यकारी प्रमुखबाट पछि कम्पनीको समस्या थप चुलिएको छ।
विभिन्न समस्याका कारण पहिले नै धर्मराइरहेको क्रिप्टो बजारमा एफटिएक्सको पतनले थप चुनाैति ल्याएको छ।
एफटिएक्स पतन हुनुभन्दा अघि ब्यांकम्यान क्रिप्टोकरेन्सीबाट चर्चित भएका व्यक्तिहरूमध्ये एक थिए। उनको तुलना वारेन बफेटसँग समेत हुने गरेको थियो।
तर यस हप्ताको सुरुका चर्चाहरूका अनुसार एफटिएक्स र ब्यांकम्यान-फ्राइडको स्वामित्वमा रहेका अन्य फर्महरू अस्थिर वित्तीय आधारमा थिए। ती कम्पनीमा लगानी गरेका व्यक्तिहरूले लगानी निकाल्न सुरू गरेपछि एफटिएक्सको साम्राज्यमा पहिरो जान सुरू भएको हो।
नगद संकटको सामना गर्दै ब्यांकम्यान-फ्राइडले लगानी निकालिरहेको अवस्था व्यवस्थित गर्ने प्रयास गरे तर त्यो असफल भयो।
एफटिएक्स टाट पल्टिएपछि विश्वभरसका सबै क्रिप्टोकरेन्सीको मूल्य व्यापक रूपमा घटेको छ। यो सामग्री तयार पार्दासम्म चर्चित बिटक्वाइन १७ हजार डलर नजिक कारोबार भइरहेको छ। त्यस्तै, इथेरियमको मूल्य भने १२ डलरभन्दा माथि रहेको छ।