२७ कार्तिक, काठमाडाैँ। नेपालको पब्जि मोबाइल टोली पब्जि मोबाइल ग्लोबल च्याम्पियनसिप (पिएमजिसी) खेल्न मलेसिया प्रस्थान गरेको छ। नोभेम्बर १० देखि सुरू भएको प्रतियोगितामा सामेल हुन् स्काइलाइट्ज गेमिङ शनिबार मलेसिया प्रस्थान गरेको हो।
यस प्रतियोगितामा नेपालको डिआरएस गेमिङले खेलिरहेको छ। ग्रुप रेडमा रहेको डिआरएसले आज समुह चरणको अन्तिम खेल खेल्दैछ।
पिएमजिसीको समुह चरणका लागि विश्वभरबाट ४८ टोली छनाैट भएका छन्। ती टोलीहरूलाई प्रत्येक ग्रुपमा १६ वटा रहनेगरी ३ ग्रुपमा विभाजन गरिएको छ। प्रत्येक ग्रुपका शीर्ष तीनमा पुग्ने टोली फाइनलका लागि सोझै छनाैट हुनेछन्।
त्यस्तै, चाैथो देखि एघाराैँ स्थानमा रहने टोली सर्भाइभल राउण्डका लागि छनाैट हुनेछन्। अन्तिम पाँच स्थानमा रहने टोलीहरू भने प्रतियोगिताबाट बाहिरिनेछन्।
सर्भाइभल स्टेजमा पुग्ने २४ टोलीलाई प्रत्येक ग्रुपमा ८ टोली रहनेगरी विभाजन गरिनेछ। सर्भाइभल स्टेजमा प्रत्येक टोलीले १८ खेल खेल्नेछन्। उक्त स्टेजबाट १६ टोली लास्स चान्सका लागि छनाैट हुँदा अन्तिम ८ टोली भने बाहिरिनेछन्।
त्यसैगरी, लास्ट चान्सबाट ४ टोली फाइनलका लागि छनाैट हुनेछन् भने ८ टोली बाहिरिनेछन्।
ग्रान्ड फाइनलमा लिग स्टेजबाट छनाैट भएका १३ टोली र सिधा आमन्त्रित ३ टोली गरी १६ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्। १८ वटा खेलमा सबैभन्दा धेरै अंक ल्याउने टोली पिएमजिसीको विजेता बन्नेछ।
पिएमजिसीको फाइनल जनवरी ६ तारिखदेखि ८ तारिखसम्म इन्डोनेसियाको जकार्तामा हुनेछ।
पिएमजिसीको जम्मा पुरस्कार राशी ४० लाख अमेरिकी डलर रहेको छ।
नेपालबाट पिएमजिसीमा डिआरएस गेमिङ, ट्रेन्ड टु किल (टिटुके) र स्काइलाइट्स गेमिङले प्रतिस्पर्धा गर्दैछन्। डिआरएस गेमिङ ग्रुप रेड, टिटुके ग्रुप एल्लो र स्काइलाइट्ज गेमिङ ग्रुप ग्रिनमा रहेका छन्।