२८ कार्तिक, काठमाडाैँ। नेपाल टेलिकमले चुनाव अफर ल्याएको छ। टेलिकमले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लक्षित अफर ल्याएको हो।
यस अफर अन्तर्गत भ्वाइस र डेटा प्याक रहेका छन्। टेलिकमका ग्राहकले चुनाव अफर अन्तर्गत ५० प्रतिशत छुटमा नै विभिन्न प्याकहरू पाउनेछन्।
टेलिकमका ग्राकहले ९८ रूपैयाँमा तीन दिनका लागि ६ जिबि डेटा पाउन सक्नेछन्। त्यसैगरी, ४९ रूपैयाँमा एक दिनका लागि अनलिमिडेट भ्याइस र डेटा प्याक पाउनेछन् भने २९४ रूपैयाँमा १० दिनका लागि १० जिबि डेटा पाउनेछन्।
यो अफर कार्तिक २७ गतेदेखि मंसिर ११ गतेसम्म जारी रहनेछन्। सेवा सुचारू गर्नका लागि *१४१५# डायल वा NT App प्रयोग गर्न सकिने टेलिकमले जानकारी दिएको छ।
टेलिकमले आउँदो निर्वाचनको बारेमा हरेक मिनेट अपडेट रहन यो अफर ल्याइएको बताएको छ।