२९ कार्तिक, एजेन्सी। सबै भन्दा ठूलो इ-कमर्श कम्पनी अमेजनका संस्थापक जेफ बेजोसले आफ्नो सम्पत्तिको ठूलो हिस्सा दान गर्ने बताएका छन्। सिएनएनसँगको अन्तर्वार्तामा उनले उनले सम्पत्तिको ठूलो हिस्सा वातावरणीय परिवर्तनका विरूद्ध लड्न र मानवीय सहायताका लागि दान गर्ने बताएका हुन्।
उनले पहिलो पटक आफ्नो सम्पत्तिको हिस्सा दान गर्ने बताएका हुन्। यसभन्दा अघि विश्वका धेरै धनाड्यहरूले सम्पत्ति दान गर्ने घोषणा गर्दा पनि बेजोस माैन रहेको भन्दै उनको आलोचना हुने गरेको थियो।
बेजोस विश्वका चाैथो धनाड्य व्यक्ति हुन्। एलन मस्क, बर्नार्ड आर्नल्ट र भारतका गाैतम अदानी पछि रहेका उनको सम्पत्ति १२४ बिलियन डलर रहेको छ।