१ मंसिर, एजेन्सी। अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी इन्स्टाग्राममा सबै भन्दा धेरै फलोअर्स हुने व्यक्तिको दोश्रो सुचिमा उक्लिएका छन्। उनि पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोभन्दा पछि रहेका छन्।
यो सामग्री तयार पार्दासम्म रोनाल्डोको फलोअर्स संख्या ४० करोड ९७ लाख रहेको छ। त्यस्तै, मेसीका फलोअर्स भने ३० करोड ७३ लाख रहेका छन्।
फुटबल मैदानमा को उत्कृष्ट भन्ने छलफल अब सामाजिक सञ्जालमा पनि देखिने भएको छ।
आफ्नो समयका २ महान फुटबलर रोनाल्डो र मेसीले कतारमा हुने फिफा विश्वकप खेल्दैछन्। उनीहरूको यो नै अन्तिम विश्वकप हुनसक्ने समेत अनुमान गरिएको छ।