Trending:

हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जुलाई १५ देखि युट्युबको नयाँ नीति लागू: मौलिक सामग्री नहुँदा मोनिटाइजेशन बन्द विद्युत् प्राधिकरणद्वारा सात चार्जिङ स्टेसनलाई थप बजेट, १ करोडभन्दा बढी विनियोजन सीजी इलेक्ट्रोनिक्सद्वारा ‘मेरिडिया ५५ इन्च क्यूएलईडी काराओके टीभी’ सार्वजनिक एलन मस्कको स्टारलिंक स्याटेलाइट सेवालाई श्रीलंकाको स्विकृति डिशहोमद्वारा ‘भर्चुअल प्रिभिलेज कार्ड’ सार्वजनिक भैसेपाटीमा युवालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित इभि वितरण कार्यक्रम सम्पन्न ग्लोबल आइएमई क्यापिटलको “समुन्नत योजना २” म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशनमा , सस्तो, सुरक्षित र व्यावसायिक लगानीको अवसर बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्म फेस्टिभलकालागि एसियाली आवेदन खुल्ला हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध पृथ्वी नजिक सर्ने प्रमुख क्षुद्रग्रहहरू: जोखिम, अनुसन्धान र अन्तरिक्ष मिशनको प्रगति इभीमार्फत १००० युवालाई स्वरोजगार अवसर एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक टिएम१ का १ सय भन्दा बढी युनिटहरू सडकमा गुड्दै:नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’ प्रायोजक बन्यो टीभीएस अपाचे एलएस अटोको नयाँ अल ह्वील ड्राइभ ‘एलईभी-एक्स’ नेपालमा चाँडै सार्वजनिक हुँदै फोनपे सँगको सहकार्यमा कुमारी बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सार्वजनिक एसईई २०८१ को नतिजा अब सिधै मोबाइलमा उपलब्ध विदेशमा रहेका नेपालीको लागि दुईवटा मोबाईल एप सञ्चालनमा डेभलपर्सका लागि गुगलको नयाँ टूल ‘जेमिनाई सीएलआई’ सार्वजनिक खल्तीले सुरु गर्‍यो ‘स्मार्ट डिपोजिट’ नेपालगञ्जमा हुन्डाईको नयाँ क्रेटा ईभी सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट इन्फिनिक्सको गेमिङ स्मार्टफोन ‘जीटी ३० प्रो’ नेपाली बजारमा भव्य रूपमा सार्वजनिक फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो पिकअपको नेपालमा आधिकारिक सुरुवात बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित त्रिविका १० सेवा अब अनलाइनमार्फत उपलब्ध हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम सरकारको चेतावनी बेवास्ता गर्दै मेटा नेपालमा अझै दर्ता भएन आईएमई डिजिटल र खल्ती मर्ज, अब ‘आईएमई खल्ती लिमिटेड’ बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड जी ७ अब नेपालमा डेब्यु गर्न तयार लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात – असार १ देखि ६ गतेसम्म चल्ने ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग रुसको नयाँ एपले भुक्तानीदेखि शिक्षासम्मका सेवा दिने एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड सफलतापूर्वक सम्पन्न दिपलले पार ग-यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा टुनल्याण्ड जी सेभेनको ऐतिहासिक यात्रा: ८ दुर्गम गन्तव्य, २३ दिन र एक विश्व रेकर्ड एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक एप्पलको नयाँ अपडेट: आईओएस २६ सार्वजनिक यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम
अपडेट

फोन गर्न दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्छन् निकुञ्जभित्रका बासिन्दा

फोन गर्न दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्छन् निकुञ्जभित्रका बासिन्दा
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

१ मंसिर, दाङ । फोन गर्न दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नुपर्छ । सडक छ महिना चल्छ, छ महिना बन्द हुन्छ । वरपर वनजङ्गल छ, तर सहजै दाउरा प्रयोग गर्न पाइँदैन । बस्ती नजिकै खोला बग्छन् तर खानेपानीको सहज सुविधा छैन । यस्तै पीडाले सताएको छ, राष्ट्रिय निकुञ्जभित्रका गाउँलाई । बाँके राष्ट्रिय निकुञ्जमा पर्ने दाङ बबई गाउँपालिका–७ मलैखोलाबाट दङ्गीशरण गाउँपालिका–१ मा पर्ने फुर्केसल्ली तथा आसपासका बस्तीमा यस्तै समस्या छ ।

यी दुवै स्थान राष्ट्रिय निकुञ्जभित्र पर्छ । त्यहाँ टेलिकमको टावर नहुँदा घण्टौँ हिँडेर अग्लो डाँडामा पुगेर फोन गर्नुपर्ने बाध्यता छ । पटक–पटक टावर निर्माणका लागि माग गरिए पनि त्यसको सम्बोधन हुन नसकेको मलैखोला निवासी बमबहादुर बुढाले बताए । ‘हामीले पटक–पटक यहाँ टेलिफोनको समस्या समाधानका लागि ठाउँ–ठाउँमा भन्यौं’, उनले भने, ‘तर हाम्रा माग सम्बोधन भएका छैनन् ।’

टेलिकमको टावर निर्माणका लागि गएको वर्ष सर्भेक्षण गरिए पनि त्यसपछि भने देखा नै नपरेको बुढाले गुनासो गरे । यहाँ सडकको हालत पनि उस्तै छ । विसं २०६३ तिर यहाँ सडकको ट्रयाक खोलिए पनि अहिलेसम्म त्यसको स्तरोन्नति हुनसकेको छैन । यहाँ वर्षातको समयमा सडक आवतजावत नै ठप्प हुन्छ । ‘वर्षातमा छ महिना सडक बन्द हुन्छ’, मलै निवासी अमर बुढाले भने, ‘बाँकी छ महिना मात्रै गाडी चल्छ, त्यो पनि धुलाम्मे हुन्छ ।’

यहाँ कक्षा १० सम्म मात्र पढाइ हुने विद्यालय छ । त्योभन्दा मथिल्लो तहमा शिक्षा आर्जन गर्न विद्यार्थी कि त घोराही, कि तुुलसीपुर पुग्नुपर्ने बाध्यता छ । आर्थिक अवस्था कमजोर हुनेहरू पढाइ छाडेर भारततर्फ जानुपर्ने बाध्यता छ । ‘आर्थिक अवस्था राम्रै हुनेहरू त कोही घोराही, कोही तुलसीपुर गएर पनि पढ्छन्’, स्थानीय प्रेम पुनले भने, ‘आर्थिक अवस्था कमजोर हुनेहरू कामको सिलसिलामा भारत जाने गरेकाले धेरैले बीचमै पढाइ छाड्न गरेका छन् ।’

त्यहाँको मलैखोलाको कटानले पनि उस्तै समस्या बनाएको छ । खोलाले खेतीयोग्य जमिन कटान गर्न समस्यामा रहेको उनले बताए । यहाँका बस्ती राष्ट्रिय निकुञ्जको बीचमा छन् । त्यहाँ बाघ, भालुलगायत जनावरको त्रास उत्तिकै हुन्छ । कहिलेकाहीँ बाघले गाई, बाख्रा खाइदिने गर्छ । त्यतिमात्रै नभइ किसानले लगाएका बाली पनि बँदेलले नष्ट गरिदिन्छ । वरिपरि वनजङ्गल भए पनि काठ, दाउरा यहाँका बासिन्दाले सहज प्रयोग गर्न पाउँदैनन् ।

स्थानीय समितिको सल्लाहअनुसार दाउरा पाए पनि आवश्यक परेको खण्डमा काठ प्रयोग गर्न पाउँदैनन् । त्यसले पनि आफूहरू मारमा परेको फुर्केसल्ली निवासी प्रकाश रोकायले बताए । ‘विस २०६८ मा यो क्षेत्रलाई राष्ट्रिय निकुञ्जमा परिणत गरिएको हो’, उनले भने, ‘त्यसपछि हामीले त्यो जङ्गललाई राम्रोसँग प्रयोग पनि गर्न पाएका छैनौँ ।’

विकट भएकै कारण केही पशु बिरामी हुँदा त्यहाँ प्राविधिक पनि आउन नमान्ने गरेको उनले बताए । ‘पोहोर साल पशु बिरामी परे, हामीले प्राविधिकहरू बोलायौँ, तर दुर्गम भएकै कारण यहाँ आउन मानेन’, उनले भने, ‘त्यसपछि मैले आफैले भाडा तिरेर उनीहरूलाई यहाँ ल्याएको थिएँ ।’ बबई, मलैखोला हुँदै बाँकेको कोहलपुर जोड्न सकिएमा त्यहाँका नागरिकले सहज सेवा पाउने आशा छ । सडक पनि स्तरोन्नति हुने र विकास पनि हुने भएकाले यहाँको त्यो सडकलाई कोहलपुरसम्म जोडी दिन माग गरिएको हो ।

अन्तिमतिर मात्रै पुग्छन्, उम्मेदवार

निकुञ्जभित्रका यी वस्तुमा उम्मेदवार पनि प्रचार प्रसारको अन्तिमतिर मात्रै पुग्ने गर्छन् । फुर्केसल्ली र मलैखोलामा बुधबार मात्रै उम्मेदवार त्यहाँ पुगे । विगतमा पनि अन्तिमतिर मात्रै पुग्ने र जितेपछि पाँच वर्षसम्म पनि देखा नपर्ने स्थानीय दत्त बुढाको गुनासो थियोे । ‘चुनावको प्रचार गर्ने दिनको अन्तिमतिर मात्रै पुग्छन्’, उनले भने, ‘जितेपछि पाँच वर्षसम्म पनि मुख देखाउँदैनन् ।’

बुधबार वाम–लोकतान्त्रिक गठबन्धनकाका दाङ क्षेत्र नं ३ का उम्मेदवार दीपक गिरी, क्षेत्र नं ३ प्रदेशसभा सदस्य (२)का उम्मेदवार धनबहादुर मास्की तथा एमालेका तर्फबाट दाङ–३ (२) का प्रदेशसभा उम्मेदवार हुकुम बस्नेत यहाँ आए । एमाले र गठबन्धनको छुट्टाछट्टै स्थानमा कार्यक्रम भयो ।

गठबन्धन र एमाले दुवैका उम्मेदवारले त्यहाँको विकासमा प्रतिबद्धता जनाए । गठबन्धनका उम्मेदवार गिरीले त्यहाँबाट कोहलपुरका पुग्न सडक खोल्ने प्रतिबद्धता जनाए । साथै उनले त्यहाँको विद्युत्, सडक र खानेपानीको समस्या समाधान गर्ने पनि बताए । यसैगरी मास्कीले प्रायः ऐलानी बस्ती रहेकाले त्यहाँ लालपुर्जाको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए भने बस्नेतले पनि त्यो ठाउँका सबै समस्या समाधान गर्ने आश्वासन दिए । मलैखोलामा तीन सय घरधुरीको बसोबास छ भने फुर्केसल्लीमा करिब साढे दुई सय घरधुरीको बसोबास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?