२ मंसिर, एजेन्सी। मिस्टर बिस्ट सबैभन्दा बढी सब्स्क्राइबर हुने युट्युबर भएका छन्। करिब १० वर्षसम्म सबैभन्दा बढी युट्युब सब्स्क्राइबर हुने व्यक्तिको शीर्ष स्थानमा रहेका पाउडीपाइलाई उनले पछि पारेका छन्।
पाउडीपाइले चिनिएका व्यक्तिको नाम फेलिक्स जेल्बर्ग हो। गेमिङ रियाक्सन भिडियोहरू बनाएर उनले युट्युबमा २०१३ को अगस्टदेखि राज गरिरहेका थिए।
सन् २०१९ मा युट्युबमा १०० मिलियन सब्स्क्राइबर पुर्याउने उनी पहिलो व्यक्ति भएका थिए।
तर, मिस्टर बिस्टका नामले परिचित जिमी डोनाल्डसनले अब उनको ठाउँ कब्जा गरेका छन्। अहिले मिस्टर बिस्टका ११२ मिलियन सब्स्क्राइबर हुँदा पाउडीपाइका १११ मिलियन रहेका छन्।
विभिन्न प्रयोजनका लागि मोटो रकम दिने लगायत भिडियोहरू बनाएर मिस्टर बिस्टले चर्चा कमाइरहेका छन्। उनले धेरै च्यारिटीका काम समेत गरेका छन्।
उनले च्यारिटि प्रयोजनका लागि भनेर १ वर्षअघि मात्रै नयाँ च्यानल बनाएका छन्। उक्त च्यानलमा पनि उनका १० मिलियन सब्स्क्राइबर रहेका छन्।
मिस्टर बिस्ट र उनका साथी मार्क रोबर मिलेर वातावरण सम्बन्धि मुद्दामा लड्नका लागि टिमसी र टिमट्रीज मार्फत अार्थिक संकल गरेका थिए। त्यसबाट उठेको २४ मिलियन डलरले उनीहरूले विश्वभर २० मिलियन रूखविरूवा रोपेका थिए।
पाउडीपाइले पनि उनीहरूको टिमट्रीज प्रोजेक्टका लागि ७० हजार डलर सहयोग गरेका थिए।
करीब १० वर्ष युट्युब सब्स्क्राइबरको शीर्ष स्थानमा बसेका पाउडीपाइले कुनै दिन मिस्टर बिस्ट अाँफुभन्दा अगाडी निस्किने बताएका थिए।
मिस्टर बिस्ट सबै भन्दा बढी सब्स्क्राइबर हुने व्यक्ति हुन्। तर, कम्पनीको रूपमा भारतको टि-सिरिज सबै भन्दा बढी सब्स्क्राइबर हुने युट्युब च्यानल हो। उक्त च्यानलका सब्स्क्राइबर २०० मिलियनभन्दा बढी रहेका छन्।