४ मंसिर, एजेन्सी। ल्याबमा उत्पादन गरिएको कुखुराको मासु खानका लागि योग्य पुष्टि भएको छ। विश्व मै पहिलो पटक ल्याबमा उत्पादन गरिएको खानेकुरा मानव उपयोगका लागि योग्य पुष्टि भएको हो।
अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन(एफडिए)ले सेलद्वारा ल्याबमा निर्णमा गरिएको कुखुराको मासुको मुल्यांकन गरी उपयोगका लागि स्विकृति दिएको हो।
स्टिलको ट्याङ्कीमा अपसाइड फुडले ल्याबमा कुखुराको मासु बनाएको हो। अब उक्त कम्पनीले अमेरिकी कृषि विभागको अनुमति लिएर यो मासु बेच्न समेत पाउने भएको हो।
एफडिएले उक्त कम्पनीले दिएको तथ्यांकले यो स्विकृति प्रदान गरिएको जनाएको छ।