५ मंसिर, काठमाडाैँ। नेपालका पेमेन्ट प्लेटफर्महरूमा समस्या देखिएको छ। विश्वकप फुटबल हेर्न प्रिमियम च्यानल खरिद गर्नुपर्ने भएपछि ती इसेवा र खल्ती लगायत प्लेटफर्ममा समस्या देखिएको हो।
ती प्लेटफर्महरूमा विश्वकप सुरू हुने समयमा ट्राफिक ह्वात्तै बढेको थियो।
इसेवा तथा खल्तीमा नेटटिभी, डिसहोम लगायत अन्य सेवा प्रदायककोमा चेक नहुने, पैसा तिरेपछि पनि इरर देखाउने र कुनैमा खुल्दै नखुल्ने समस्या देखिएको थियो।
सामाजिक सञ्जालमा पनि यसबारे चर्चा भएको थियो। अहिले भने लोड कम भएर सबै सेवाहरू सामान्य भइसकेका छन्।
यसपटक कतारमा हिजोबाट सुरू भएको विश्वकप फुटबल हेर्न ५०० रूपैयाँ तिर्नुपर्ने भएको छ।