Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

तारजाली र सिसी क्यामेरासहितको मतगणनास्थल तयार

तारजाली र सिसी क्यामेरासहितको मतगणनास्थल तयार
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

५ मंसिर, बागलुङ। बागलुङमा मतगणनाका लागि दुई स्थनामा सुरक्षित तरिकाले मतगणनास्थल तयार पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको कार्यालय बागलुङ बजार र निर्वाचन अधिकृतको कार्यालयले बुर्तिबाङ नयाँ सहरी आयोजनाको कार्यालयमा मतगणनास्थल तयार पारेको छ ।

जिल्लामा दुई स्थानमा मतगणनाका लागि सिसी क्यामेरा जडानसँगै तारजालीको समेत व्यवस्थापन गरिएको छ । मतगणना स्थलमा सुरक्षा चुनौतीलाई मध्यनजर गरेर तारजाली र सिसी टिभी क्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी बताए ।

उनका अनुसार मतपेटिका राख्ने कोठा र मतगणना गर्ने कोठामा सिसी टिभी क्यामेरा जडान गरिएको छ भने गणनास्थलमा तारजालीको व्यवस्था मिलाइएको छ ।

यस्तै मतगणनास्थलमा दलका उम्मेदवार र प्रतिनिधिलाई बस्ने व्यवस्था तारजालीभन्दा बाहिर मिलाइएको छ । मतगणनास्थलको सुरक्षासँगै हुन सक्ने सम्भावित घटनाबाट बच्न तारजाली र सिसी टिभी क्यामेराबाट निगरानी गर्नुपरेको मुख्य निर्वाचन अधिकृत भट्टले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाका लागि जिल्ला समन्वय समितिको सभाहलमा तीन स्थानमा र निर्वाचन अधिकृतको कार्यालयले बुर्तिबाङ नयाँ सहरी आयोजनाको कार्यालयमा दुई स्थानमा मतगणना गर्ने जनाएका छन् ।

मुख्य निर्वाचन अधिकृत भट्टका अनुसार मत परिणाम छिटो सार्वजनिक गर्नका लागि क्षेत्र नं १ को तीन स्थान र क्षेत्र नं २ को दुई स्थनामा मत गणना गर्ने व्यवस्था गरिएको हो ।

भट्टले क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य र समानुपातिकतर्फको मतगणना जिल्ला समन्वय समितिको सभाहलमा गरिने बताए । उनले सभाहलभित्र तीन स्थानमा मतगणना गर्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए ।

मतगणना स्थानमा प्रत्येक टोलीमा एकजना निर्वाचन अधिकृत, दुईजना गणक र एकजना कार्यालय सहयोगीको व्यवस्था गरिएको छ । मतगणनास्थलको सुरक्षाका लागि १० जनाको नेपाल प्रहरीको टोली र त्यसबाहिर सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले सुरक्षा गर्नेछ ।

यस्तै निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङका सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले बुर्तिबाङ नयाँ सहरी आयोजनाको सभाहल क्षेत्र नं २ तर्फको मतगणना गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । उनका अनुसार मतगणनास्थल रहेको सभाहलमा दुई स्थानमा मतगणना गर्ने व्यवस्था मिलाइएको छ । दुवै स्थानमा मतगणनाका लागि तयारी सम्पन्न भएको बताइएको छ ।

जिल्लामा दुई निर्वाचन क्षेत्रमा एक लाख ९२ हजार दुई सय २७ मतदाता रहेका छन् । दुई प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्यका लागि ३१ जना चुनावी मैदानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?