५ मंसिर, एजेन्सी। पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो चर्चित सामाजिक सञ्जालमा ५०० मिलियन फलोअर्स पुग्ने एक्लो व्यक्ति भएका छन्। सोमबार उनका इन्स्टाग्राममा फलोअर्सको संख्या ५०० कटेको हो।
यस समयकै उत्कृष्ट खेलाडी मध्ये एक पर्ने रोनाल्डोका विश्वव्यापी फ्यान रहेका छन्। सामाजिक सञ्जालमा पनि उनी उत्तिकै चर्चित छन्।
रोनाल्डो भन्दा पछि अर्जेन्टिनामा सुपरस्टार लियोनल मेसीका सबैभन्दा धेरै फलोअर्स रहेका छन्। मेसीका फलोअर्स संख्या ४०० मिलियन पुग्न लागेका छन्।
मेसी र रोनाल्डोमा को उत्कृष्ट भन्ने विवाद पछिल्लो दशकदेखि नै कायम रहेको छ। यी दुबै खेलाडीले सम्भवतः अन्तिम विश्वकप खेल्न कतार फुगेका छन्।