६ मंसिर, एजेन्सी। विश्व उड्ने क्षमता भएका ट्याक्सीको भविष्यको थप नजिक पुगेको छ।
अमेरिकी वायु नियामकहरूले सोमबार नियमित रूपमा हेलिकप्टर र विमानहरूको विशेषताहरू मिलाउने मेसिनहरूलाई सूचीमा थप्न नयाँ नियमहरू प्रकाशित गरेका छन्।
अब अमेरिकामा उड्न सक्ने क्षमताका ट्याक्सीमा सेवा दिन सकुन् भन्ने उद्देश्यले नयाँ अपडेट गरिएको बिबिसीमा उल्लेख छ।
कम्पनीहरूले नयाँ प्रविधिमा लगानी बढाएपछि अमेरिकाको नियामक निकायले यो कदम चालेको हो। उड्ने ट्याक्सीलाई भविष्यको यातायातको रूपमा परिभाषित गरिएको छ।
ठूला एयरलाइन्सले अर्डर गर्ने र लगानीकर्ताहरूले स्टार्ट-अपको रूपमामा सुरू गरेकाले यस क्षेत्रमा लगानी बढिरहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।
पछिल्लो समय इलेक्ट्रिक भर्टिकल टेकअफ र ल्यान्डिङ (eVTOL) विमानका नामले परिचित उडान यन्त्र हवाईजहाजजस्तै लामो दूरीको यात्रा गर्दा रनवे बिना नै उडान र अवतरण गर्न सक्ने विशेषता सहितको छ। विद्युतीय उपकरण प्रयोग गरिने भएका कारण अरू विमानको तुलनामा आवाज र प्रदूषण कम उत्पन्न हुन्छ।
यस्ता ट्याक्सीले भेरै भीडभाड भएका शहरहरूमा ट्राफिक कम गर्न सहयोग गर्ने दाबी गरिएको छ। ग्राहकहरूका लागि सस्तो हुने भएका कारण पनि यसको भविष्य सुनाैलो देखिएको बिबिसीले टिप्पणी गरेको छ।
युरोपका केही कम्पनीहरूले भने २०२४ को पेरिस ओलम्पिकको लागि उड्ने ट्याक्सी तयार पार्ने महत्वकांक्षा राखेका छन्। त्यसैगरी, अमेरिकाको कम्पनी जोबीले पनि २०२५ सम्म उड्ने ट्याक्सी उडाउने लक्ष्य राखेको छ।