६ मंसिर, एजेन्सी। कहिले सार्वजनिक हुने भन्ने यकिन नहुँदै आइफोन-१५ को डिजाइनबारे बहस सुरू भएको छ। आइफोन-१४ लन्च भएको केही महिना पछि नै १५ को विषयमा चर्चा सुरू भएको हो।
आइफोन-१४ को डिजाइन हेरेपछि १५ को डिजाइनमा केही परिवर्तन हुने आँकलन गरिएको छ। आइफोन-१५मा एप्पलले आइफोन-१३ को डिजाइन फिर्ता ल्याउने तयारी गरिरहेको अनुमान भइरहेको छ।
टेक्नोलोजि सम्बन्धि डाटाहरू लिक गर्ने ShrimpAppleProले गरेको ट्विटमा उनले आइफोन-१५को डिजाइनमा देखिने सम्भावित परिवर्तनबारे लेखेका छन्।
अबको आइफोन-१५ चारकुने बडी भन्दा पछि गोलाकार (कर्भ्ड) बडी हुने उक्त ट्विटमा लेखिएको छ। आइफोन ३, ६, ७ र ८ लगायत मोडलमा पछाडी कर्भ्ड बडी भएको डिजाइन गरिएको थियो।
गोलाकार डिजाइन आइफोनको पछाडीको भागमा मात्रै देखिने पनि ट्विटमा लेखिएको छ।