८ मंसिर, एजेन्सी। चीनका युवाहरूले भिडियो गेमको लतलाई कम गरेको दाबी गरिएको छ। चीनको पछिल्लो रिपोर्टले त्यहाँ भिडियो गेममा लत लागेका युवाहरू घटिरहेको दाबी गरेको हो।
यो दाबी गेमिङ नियामकसँग सम्बद्ध चाइना गेम इन्डस्ट्री ग्रुप कमिटीले गरेको हो। यो रिपोर्टले चीनमा भिडियो गेमहरूलाई “आध्यात्मिक अफिम” भनेर आक्रमण गर्नेमाथि केही जवाफ दिएको पनि बिबिसीमा उल्लेख छ।
अगस्ट २०२१ देखि बच्चाहरूलाई हप्तामा तीन घण्टा भन्दा बढी मोबाइल गेम खेल्न प्रतिबन्ध लगाइएको छ।
चीनमा पब्जि लगायत गेमहरू चर्चित छन्। चिनियाँ कम्पनीले बनाएका भिडियो गेमहरूले विश्वमा ठूलो सफलता पाइरहेका छन्।