८ मंसिर, एजेन्सी। चीनले चन्द्रमामा मानव पठाउनका लागि नयाँ रकेट निर्माण गर्ने भएको छ। अन्तरिक्ष वैज्ञानिकहरूका अनुसार चीनको यो प्रोजेक्ट २०३० सम्म सम्पन्न हुने लक्ष्य राखिएको छ।
चीनको हैनान प्रान्तमा भएको सम्मेलकनमा लोङ मार्चका प्रमुख डिजाइनरले चीनको चन्द्रमामा मानव पठाउने मिसनबारे जानकारी दिएका हुन्।
उनले दिएको जानकारी अनुसार ९० मिटर लामो रकेटले २७ टनको वजन उठाउन सक्नेछ। चीनमा यो रकेट कस्तो हुने भन्नेबारे मोडल समेत सार्वजनिक गरिइसकेको छ।