१२ मंसिर २०७९, सोमबार

Logo

चुनाव अवधिमा सम्प्रेषित एक सय ६६ सामग्री आचारसंहिता प्रतिकूल



९ मंसिर, काठमाडाैँ। प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषित एक सय ६६ सामग्री आचारसंहिता प्रतिकूल रहेको जनाएको छ ।

गत असोज २८ गतेदेखि भएको विशेष अनुगमनका क्रममा छापामाध्यमका ४५, टेलिभिजनका आठ, रेडियोका २६ सामग्री र अनलाइनका ७८ वटा समाचार सामग्री आचारसंहिताविपरीत पाइएको काउन्सिलले जनाएको छ ।

सात वटा वेब पोर्टल, एक समाचार संस्था र एक सञ्चारमाध्यमको सामाजिक सञ्जालमा आचारसंहिता प्रतिकूल समाचार तथा समाचार–सामग्री सम्प्रेषण गरेको पाइएको छ । सो अवधिमा २९ वटालाई निर्देशन, ५३ वटालाई ध्यानाकर्षण, ३१ वटालाई सचेत र २७ वटालाई स्पष्टीकरण सोधिएको काउन्सिलका सहप्रवक्ता एवं उपप्रशासकीय अधिकृत रामशरण बोहराले जानकारी दिए ।

अठार वटा सामग्रीका विषयमा मौखिक निर्देशन एवं ध्यानाकर्षण गराइएको र दर्ता÷सूचीकरण नभएका सात वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको काउन्सिलले जनाएको छ ।

मौन अवधिमा ५१ सञ्चारमाध्यमबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको पाइएको छ । मतगणना चलिरहेको समयमा संयम रहन र आधिकारिक पुष्ट्याइँ गरेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गर्दै काउन्सिलले निर्वाचन सम्पन्न गर्न सञ्चारमाध्यमले निभाएको भूमिकाको प्रशंसा गरेको छ ।


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन