१२ मंसिर २०७९, सोमबार

Logo

ट्विटरले प्रतिबन्ध लगाएका केही अकाउन्टले माफी पाउने



९ मंसिर, एजेन्सी। ट्विटरले प्रतिबन्ध गरेका केही अकाउन्टलाई माफी दिने बताएका छन्। अर्को हप्ताबाट प्रतिबन्धित केही अकाउन्टहरूले सामान्य माफी पाउने कम्पनीका मालिक मस्कले बताएका छन्।

बुधवार उनले ट्विटर प्रयोगकर्ताहरूलाई कानून उल्लंघन नगरेका वा गम्भीर स्प्याममा संलग्न नभएका अकाउन्टहरूलाई प्लेटफर्ममा फिर्ता दिनु पर्छ कि पर्दैन भन्ने पोल राखेका थिए। उक्त पोलको परिणामपछि केही अकाउन्ट चर्चित सामाजिक सञ्जालमा फिर्ता हुने भएका छन्। ३१ लाख भन्दा बढी सहभागी उक्त पोलमा करिब ७३ प्रतिशतले माफी दिने पक्षमा मत मागेका थिए।

यसभन्दा अघि ट्विटरले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट फिर्ता गरिसकेको छ।

विश्वकै सबैभन्दा धनाड्य व्यक्ति मस्कले गत महिना ४४ अर्ब डलरमा ट्विटर खरिद गरेका थिए। मस्कले माफी प्रक्रिया कसरी सुरू हुने भन्ने खुलाएका छैनन्।

 


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन