२१ मंसिर २०७९, बुधबार

Logo

पिएमजिसीमा नेपाली टोली टिटुकेको सुखद् सुरूवात



९ मंसिर, काठमाडाैँ। पब्जि मोबाइल ग्लोबल च्याम्पियनसिप (पिएमजिसी)को समूह चरणको पहिलो खेलमा नेपाली टोली ट्रेन्ड टु किल(टिटुके)ले सुखद सुरूवात गरेको छ। समुह चरणको पहिलो दिनको खेलमा अंक तालिकाको तेश्रो स्थानमा रहँदै टिटुकेले सुखद् सुरूवात गरेको छ।

ग्रुप एल्लो अन्तर्गत पहिलो दिनमा भएका ६ खेलमा ६५ अंक सहित टिटुके तेश्रो स्थान रहेको छ। टिटुके भन्दा अघि गिक र जिके रहेका छन्। उनीहरूको क्रमशः ९२ र ८३ अंक रहेको छ।

४ दिन हुने २४ वटा खेलबाट अंक तालिकाको शीर्ष स्थानमा हुने टोली सिधै ग्रान्ड फाइनलका लागि छनाैट हुनेछन्। त्यस्तै, ४-११ स्थान रहनेहरू सर्भाइभल स्टेजका लागि छनाैट हुनेछन्।

यसभन्दा अघि ग्रुप रेड र ग्रुप ग्रीनमा रहेका २ नेपाली टोली डिआरएस गेमिङ र स्काइलाइट्ज गेमिङ सर्भाइभल स्टेजका लागि छनाैट भइसकेका छन्।

टिटुकेले पहिलो पटक पिएमजिसीमा सहभागिता जनाएको हो। नेपालबाट अहिलेसम्म जम्मा ४ वटा टोलीले पिएमजिसी खेलेका छन्। त्यसमध्ये तीन पटक सहभागी हुने डिआरएस एक्लो टोली हो।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार