१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन सुरू गरेको छ। गत हप्तादेखि गुगल म्यापले नेपालमा पनि यो फिचर सूरू गरेको हो।
अब प्रयोगकर्ताहरूले कुन रूटमा ट्राफिक जाम कस्तो छ भनि पत्ता लगाइ गन्तव्यमा जान वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन्।
अन्य देशमा गुगलले यो फिचर पहिले नै ल्याएको भएता पनि नेपालमा भने पहिलो पटक सुरू भएको हो।
प्रयोगकर्ताहरूले कुनै एक गन्तव्य छनाैट गरेपछि उक्त गन्तव्यमा पुग्नुपर्ने बाटोमा ट्राफिकको अवस्थाबारे जानकारी म्यापले दिनेछ। निलो, पहेँलो र रातो रंगमा ट्राफिकको अवस्थाबारे जानकारी दिइन्छ।
निलोले ट्राफिक जाम नभएको, पहेँलोले सकडमा सवारीसाधनहरू धेरै भएको र रातोले भने सडक जाम भएको संकेत दिनेछ। नेपालका सहरमा मात्रै नभएर पहाडी भूभागकका केही सडकमा पनि गुगल म्यापले ट्राफिक जामबारे जानकारि दिनेछ।