© 2021-2024
११ मंसिर, एजेन्सी। ट्विटरमा मालिक एलन मस्कले आफ्नै स्मार्टफोन समेत उत्पादन गर्न पछि नहट्ने बताएका छन्। उनले एप स्टोर वा प्ले स्टोरले ट्विटरमाथि प्रतिबन्ध लगाएको अवस्थामा आफ्नै स्मार्टफोन उत्पादन गर्न समेत तयार रहेको बताएका हुन्।
चर्चिच पोडकास्टर लिज ह्विलरले ट्विटमार्फत सोधेको प्रश्नमा उत्तर दिँदै ट्विटर चलाउनका लागि स्मार्टफोन बनाउन तयार रहेको बताएका हुन्।
एलन मस्कले गत महिना ४४ अर्ब डलरमा ट्विटर खरिद गरेपछि कम्पनिमा उथलपुथल नै भएको छ। हजाराैँ कर्मचारीहरूले राजिनामा दिएका छन् भने डोनाल्ड ट्रम्प सहितका प्रतिबन्धित केहि अकाउन्टहरू समेत फिर्ता हुने भएका छन्।
मस्कले बनाउने फोनको नाम ‘टेस्ला फोन’ हुने बताइएको छ। उक्त फोनमा स्याटेलाइट कनेक्टिभिटीको सुविधा हुने र टेस्लाका ग्राहकहरूको लागि अति उपयोगि हुने दाबी गरिएको छ।