© 2021-2024
११ मंसिर, एजेन्सी। ट्विटरमा तीन प्रकारका भेरिफाइड ब्याज ल्याइने भएको छ। ट्विटरका मालिक एलन मस्कले शुल्क तिरेर प्रयोगकर्ताहरूले तीन प्रकारका भेरिफाइड ब्याज लिन पाउने भएका छन्।
अब ट्विटरमा खैरो, पहेँलो र निलो भेरिफाइड ब्याज देखिने भएको छ।
ट्विटरमा एक जनाले सोधेको प्रश्नमा उत्तर दिँदै अब तीन प्रकारका ब्याज देखिने र यसका लागि केही समय लाग्ने बताएका छन्। मस्कले निलो बाहेक अन्य २ भेरिफाइड ब्याज हुने बताएका छन्।
प्रयोगकर्ताहरूले प्रति महिना ८ डलर शुल्क तिरेर कस्तो प्रकारको ब्याज लिने भन्ने छान्न पाउने पनि बताएका छन्। मस्कले खुलाए अनुसार कम्पनीहरूका लागि पहेँलो ब्याज, सरकारी संस्थाहरूका लागि खैरो र नीलो ब्याज व्यक्तिगत अकाउन्टका लागि दिइनेछ।
यो महिनाको सुरूवाती दिनमा नोभेम्बरको अन्तिममा शुल्क सहितको भेरिफाइड ब्याज प्रयोगमा ल्याउने बताइएको थियो। तर, अहिले यसका लागि केही समय लाग्ने बताइएको छ।