Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
World News

उत्तर कोरियालाई विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति बनाउने किमको दावी

उत्तर कोरियालाई विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति बनाउने किमको दावी
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

११ मंसिर, एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बन्ने लक्ष्य राखेको बताएका छन् ।

प्योङयाङले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको र यो अमेरिकी मुख्य भूमिमा पुग्न सक्ने विश्वास गरिएको उत्तर कोरियाली अधिकारीले दावी गरेका छन् ।

नेता किमले ह्वासोङ–१७ को सफलताका लागि १०० भन्दा बढी सम्बन्धित अधिकारी र वैज्ञानिकलाई पदोन्नति पनि गरेका छन् ।

नयाँ आईसीबीएमलाई ‘विश्वको सबैभन्दा बलियो रणनीतिक हतियार’ भन्दै किमले उत्तर कोरियाली वैज्ञानिकले ब्यालेस्टिक क्षेप्यास्त्रमा आणविक हतियार राख्ने प्रविधिको विकासमा आश्चर्यजनक फड्को मारेको बताए ।

राज्य र जनताको गरिमा र सार्वभौमिकताको रक्षाका लागि आणविक शक्तिको निर्माण गर्नु ‘सबैभन्दा ठूलो र सबैभन्दा महत्वपूर्ण प्रगतिको कारण हो, र यसको अन्तिम लक्ष्य विश्वको सबैभन्दा शक्तिशाली रणनीतिक शक्ति बन्नु र यस शताब्दीमा अभूतपूर्व पूर्ण शक्तिलाई कब्जा गर्नु हो,” किमलाई उद्धृत गर्दै केसीएनएले उल्लेख गरेको छ ।

वैज्ञानिकहरूले प्योङयाङको ‘विश्वको सबैभन्दा बलियो सेना निर्माण गर्ने लक्ष्य’ विश्वसामु प्रदर्शन गरेको किमले बताए ।

नयाँ ह्वासोङ–१७ आइसिबीएमको लन्चिङ भेहिकललाई ‘उत्तर कोरियाको हिरो’ को उपाधि प्रदान गरिएको केसीएनएको रिपोर्टमा उल्लेख छ ।

‘यसले उत्तर कोरिया पूर्ण आणविक शक्ति हो भन्ने कुरा विश्वसामु स्पष्ट रुपमा प्रमाणित गरेको छ,’ प्रतिवेदनमा भनिएको छ । रिपोर्टमा थप भनिएको छ, “उत्तर कोरियाले सबैभन्दा शक्तिशाली आईसीबीएम राष्ट्रको रूपमा आफ्नो शक्ति प्रदर्शन गरेको छ ।”

कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका होङ मिनले ह्वासोङ–१७ को परीक्षणलाई उत्तर कोरियाले आफुलाई प्रमुख आणविक शक्तिका रूपमा स्थापित गर्ने उद्देश्यले गरेको बताए ।

“यदि सन् २०१७ मा ह्वासोङ–१५ को प्रक्षेपण आणविक हतियारले अमेरिकी मुख्य भूमिलाई खतरामा पार्न सक्ने राष्ट्र बन्नमा केन्द्रित थियो भने पछिल्लो क्षेप्यास्त्र सबैभन्दा शक्तिशाली आईसीबीएम राज्य बन्नमा केन्द्रित छ,” उनले थपे ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् २००६ यता उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र गतिविधिका कारण उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने झण्डै एक दर्जन प्रस्ताव पारित गरिसकेको छ । तर उत्तर कोरियाले प्रतिबन्धको वेवास्था गर्दै आफ्ना आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?