१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका भनेर प्रचार गरिएका हिमचितुवाका तस्बिरहरू हटाउने भएको छ।
ती तस्बिरहरू फेक भएको पुष्टि भएपछि दूतावासले फेसबुकबाट उक्त पोस्ट हटाउने जानकारी दिएको हो। कितियाले सगरमाथा क्षेत्रमा हिमचितुवाका तस्बिरहरू दूतावासले फेसबुकमा पोस्ट गरेको थियो।
ती तस्बिरहरू सार्वजनिक गरिएपछि कितियाको चाैतर्फी चर्चा भएको थियो। तर, अहिले तस्बिरहरू फेक भएको पुष्टि भएपछि उनी गायब भएकी छिन्।
पर्वतारोहण र यससँग सम्बन्धित सामग्रीहरू प्रकाशन गर्ने अल्पाइनमेग म्यागजिनले कितियाले सम्पादित तस्बिरहरू प्रचार गरेको प्राविधिक विश्लेषणसहित पुष्टि गरिदिएको थियो।