१६ माघ २०७९, सोमबार

Logo

माइक्रोसफ्टले भूलबस लिक गर्यो जिटिए-६ को रिलिज डेट



१२ मंसिर, एजेन्सी। चर्चित भिडियो गेम जिटिएको छैठाैँ संस्करण जिटिए-६ को रिलिज डेट लिक भएको छ। माइक्रोसफ्टले भूलबस उक्त गेमको रिलिज डेट सार्वजनिक गरिदिएको हो।

अहिलेसम्म उक्त गेमका विभिन्न रिलिज डेटबारे हल्ला चलाइएको छ। तर, कुन सही भन्ने निश्चित भने भइसकेको छैन।

रकस्टार गेम्सले २०१३ मा जिटिए-५ लन्च गरेको थियो। ९ वर्षअघि सार्वजनिक भएको गेमको परिस्कृत संस्करण कहिले सार्वजनिक गर्ने भन्ने कम्पनीले तय गरेको छैन। तर, माइक्रोसफ्टको भूलले भने केही इंगित गरेको छ।

माइक्रोसफ्टको रिपोर्ट अनुसार २०२४ मा जिटिए-६ सार्वजनिक हुनेछ। तर, महिना र तारिख भने उक्त रिपोर्टमा पनि खुलाइएको छैन।

यसभन्दा अघि जिटिए-६ २०२५ वा २०२६ मा रिलिज हुने हल्ला चलेको थियो।


१६ माघ, काठमाडाैँ। पूर्व प्रेमिकाको चरित्रहत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन्। फेसबुकमार्फत चिनजान

माघ १५ ,काठमाण्डौ। सिजी नेटद्वारा उपलब्ध गराइने इन्टरनेट सेवाहरू ठप्प भए सँगै इन्टरनेट सर्भिस

१४ माघ, काठमाडाैँ। करीब तीन घण्टा डाउन भएका अधिकांश सरकारी वेबसाइट सञ्चालनमा आएका छन्। शनिबार

१२ माघ, पाल्पा। पाल्पाको रामपुर नगरपालिकाको कार्यालयमा डिजिटल प्रविधिको नागरिक वडापत्र राखिएको छ । कार्यालयमा