१६ माघ २०७९, सोमबार

Logo

क्रिप्टोकरेन्सी कम्पनीका सहसंस्थापकको युवा अवस्थामा नै मृत्यु



१२ मंसिर, एजेन्सी। क्रिप्टोकरेन्सी कम्पनीका सहसंस्थापकको युवा अवस्थामा नै मृत्यु भएको छ। हङकङमा मुख्य कार्यालय रहेको कम्पनी अम्बर ग्रुपका सहसंस्थापकको ३० वर्षको उमेरमा नै मृत्यु भएपछि कम्पनीले दुःखद विज्ञप्ती निकालेको छ।

३० वर्षीय टियानटियान कुलन्दरको मृत्युले कम्पनी स्तब्ध भएको छ। टिटिका नामले परिचित उनले २०१७ मा अम्बर ग्रुप स्थापना गरेका थिए। उनको मृत्यु गत नोभेम्बर २३ तारिखमा भएको हो।

सुतिरहेको अवस्थामा नै उनको मृत्यु भएको अधिकारीहरूलेे बताएका छन्।

उनले वित्तीय सेवा गोल्डम्यान साक्स र मोर्गन स्टेनलीका लागि मार्केट ट्रेडरको रूपमा काम गरेर आफ्नो करियर सुरु गरेका थिए। २०१७ मा उनले स्थापना गरेको अम्बर ग्रुपको यो वर्ष मार्केट भ्यालु ३ अर्ब अमेरिकी डलर रहेको छ।

यसले उनलाई २०१९ मा एसिया फाइनान्स र भेन्चर क्यापिटल श्रेणीमा फोर्ब्सको ३० वर्ष कमका प्रतिष्ठित ३० व्यक्तिको सूचीमा पुग्न सफल बनाएको थियो।

उनले विभिन्न इ-स्पोर्टस् कम्पनीमा समेत लगानी गरेको बताइएको छ।


१६ माघ, काठमाडाैँ। पूर्व प्रेमिकाको चरित्रहत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन्। फेसबुकमार्फत चिनजान

माघ १५ ,काठमाण्डौ। सिजी नेटद्वारा उपलब्ध गराइने इन्टरनेट सेवाहरू ठप्प भए सँगै इन्टरनेट सर्भिस

१४ माघ, काठमाडाैँ। करीब तीन घण्टा डाउन भएका अधिकांश सरकारी वेबसाइट सञ्चालनमा आएका छन्। शनिबार

१२ माघ, पाल्पा। पाल्पाको रामपुर नगरपालिकाको कार्यालयमा डिजिटल प्रविधिको नागरिक वडापत्र राखिएको छ । कार्यालयमा