ट्विटरमा ठूलो साइबर आक्रमण भएको छ। यसबाट करीब ६० लाख प्रयोगकर्ताहरूको व्यक्तिगत विवरण जोखिममा पुगेको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन्।
साइबर आक्रमण गरि प्रयोकर्ताहरूको फोन नम्बर, इमेल एड्रेस लगायत व्यक्तिगत विवरणहरू चोरी गरिएको बताइएको छ।
साइबर सुरक्षा सम्बन्धि जनचेतना फैलाउने कम्पनी Habitu8 का चाड लोडका अनुसार गत हप्ता करीब ६० लाख ट्विटर प्रयोगकर्ताहरूको व्यक्तिगत विवरण सार्वजनिक भएको थियो।
नोभेम्बर २३ मा उनले यो खबर ट्विटरमार्फत नै सार्वजनिक गरेका थिए। उनले यो दाबी गरेसँगै उनको अकाउन्ट नै प्रतिबन्धमा परेको थियो।
लोडरमा अनुसार मुख्यतः अमेरिका र बेलायतका प्रयोगकर्ताहरू पछिल्लो साइबर आक्रमणबाट प्रभावित भएका छन्।
विश्वकै धनाड्य व्यक्ति एलन मस्कले ४४ अर्ब डलरमा ट्विटर खरिद गरेपछि यसका कमीकमजोरीहरू कम्पनीभित्रै लुकाउने प्रयास गरेको आरोप पनि लगाएका छन्।
ब्लिपिङ कम्प्युटरले पनि ह्याकरहरूले प्रयोगकर्ताहरूको विवरणमा पहुँच पुर्याएको दाबी गरेको छ।