Trending:

सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना
अपडेट

अनलाइनमार्फत हुने हिंसाबाट नेपालमा ९१ प्रतिशत महिला राजनीतिकर्मी पीडित

अनलाइनमार्फत हुने हिंसाबाट नेपालमा ९१ प्रतिशत महिला राजनीतिकर्मी पीडित
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१६ मंसिर, काठमाडाैँ। नेपाली राजनीतिमा अनलाइन लैंगिक हिंसाको अवस्था डरलाग्दो देखिएको छ । अनलाइनमार्फत हुने हिंसाबाट नेपालमा ९१ प्रतिशत महिला राजनीतिकर्मी पीडित रहेको एक अध्ययनले देखाएको छ ।

अधिकारका क्षेत्रमा कार्यरत पर्पल फाउन्डेसनले बुधबार एक कार्यक्रमबीच राजधानी काठमाडौंसहित देशभरका १४ जिल्लामा राजनीतिमा सक्रिय महिलामाथि गरिएको अध्ययनले यस्तो देखाएको हो । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा यस्तो डरलाग्दो प्रतिवेदन सार्वजनिक भएको हो ।

अध्ययनका क्रममा सर्वेक्षण विधिमार्फत ४९२ जना र गहन अन्तर्वार्तामार्फत ७२ जना राजनीतिमा सक्रिय महिलाहरूमाथि अध्ययन गरिएको फाउन्डेसनले जनएको छ । अनुसन्धानमा लैंगिक अल्पसंख्यक समुदायबाट १० जना र २१ जना पुरुषलाई समेत सहभागी गराइएको थियो । महिला र महिलाभित्र पनि सीमान्तकृत वर्ग र समुदायका महिलामाथि थप अनलाइन हिंसा भइरहेको अध्ययनले देखाएको छ ।

रिपोर्टअनुसार ६६ प्रतिशत महिलाले राजनीतिक जीवनमा कुनै न कुनै खालका हिंसा भोगिरहेको उल्लेख गरेका छन् । ६१ प्रतिशत महिलाले आफ्नै पार्टीका सदस्य र सहकर्मीबाट हिंसा बेहोरेको बताएका छन् । यसभित्र ७३ प्रतिशतले उचित सम्मान नपाएको बताएका छन् । ५२ प्रतिशत महिलाले गालीगलौज भोग्नुपरेको बताएका छन् । ४३ प्रतिशत दुष्प्रचारको सिकार हुँदा १४ प्रतिशतले यौन दुर्व्यवहार, बलात्कार वा बलात्कारको धम्की झेल्नुपरेको उल्लेख गरेका छन् ।

महिला राजनीतिज्ञहरूमाथि सबैभन्दा धेरै फेसबुकमार्फत हिंसा हुने गरेको पाइएको छ । फेसबुकमा कुनै विषयमाथि विचार राख्दा वा प्रतिक्रिया व्यक्त गर्दा महिला नेतृहरू निशानामा पर्ने गरेको बताउँछन् । उनीहरूमाथि अत्यन्तै आपत्तिजनक गालीगलौजदेखि ज्यान मार्ने वा बलात्कार गर्नेसम्मका धम्की आउने गरेको उनीहरूको प्रतिक्रिया छ । यस्तै पछिल्लो समय ट्वीटर र टिकटकमा समेत लैंगिक हिंसा आकाशिएको छ ।

निर्वाचनको समयमा महिला राजनीतिकर्मीमाथि अत्याधिक साइबर हमला हुने गरेको पाइएको छ । मिथ्या, भ्रामक समाचार, घृणाजन्य अभिव्यक्तिद्वारा महिला उम्मेदवारमाथि प्रहार गर्ने गरेको पाइएको छ । विपक्षी पार्टीका तर्फबाट निर्वाचनका क्रममा अत्याधिक साइबर हमला हुने गरेकोसमेत अध्ययनले देखाएको छ ।

यस्तै सञ्चारमाध्ययमहरूबाट समेत पीडित रहेको उनीहरूले बताएका छन् । महिला उम्मेदवार वा नेतृमाथि आधारहीन समाचारहरू आउने, त्यस्ता समाचारहरूको तथ्य जाँच नगरी सम्प्रेषण गरिने, महिला तथा लैंगिक, यौनिक अल्पसंख्यकलाई अपमानित गर्ने कार्टुन र शब्दहरू प्रयोग गरिने र महिला नेतृहरुलाई समाचारको प्राथमिकतामा नराखिने कुरासमेत रिपोर्टमा पाइएको छ ।

अनुसन्धानमा सहभागीहरूमध्ये २४ प्रतिशतले मात्र अनलाइन हिंसाविरुद्ध उजुरी गरेको बताएका छन् । अध्ययनमा सहभागी अधिकांशमा साइबर कानुनबारे सुनेको भए पनि विस्तृत ज्ञान नभएको पाइएको छ । जटिल, झन्झटिलो र केन्द्रित प्रणाली रहेको, अनलाइनमा हुने हिंसालाई सम्बन्धित निकायले सामान्य रूपमा लिने गरेको, उजुरी गरे पनि कुनै निष्कर्षमा नपुगिएको र कानुनी प्रक्रिया र त्यसमा संलग्न व्यक्तिहरू संवेदनशील नहुँदा जटिलता सिर्जना भएको अध्ययनले देखाउँछ ।

नेपालको संविधान २०७२ ले सामाजिक रूपले पछि परेका व्यक्ति तथा समुदायलाई समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक सुनिश्चित गरेको छ । तर राजनीतिमा महिला, लैंगिक तथा यौनिक अल्पसंख्यक र सीमान्तकृत वर्गको सहभागिता र पहुँच सन्तोषजनक छैन । राजनीतिमा लैंगिक हिंसाको विषय बेलाबखत सतहमा आउने गरेको छ । यद्यपि नेपालका ९१ प्रतिशत महिला राजनीतिकर्मीहरूले अनलाइन हिंसा भोग्नु परिरहेको अवस्थाले यसतर्फ सबैले गम्भीरतापूर्वक सोच्नुपर्नेमा अधिकारकर्मीहरूले जोड दिएका छन् । न्युजकारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?