१६ माघ २०७९, सोमबार

Logo

न्युज पोर्टल उकेरामाथि साइबर हमला, रवि लामिछानेबारे लेखिएका समाचार डिलिट



१६ मंसिर, काठमाडाैँ। न्युज पोर्टल उकेरामाथि साइबर हमला भएको छ । बिहीबार राति उकेराको सिएमएसमा अनधिकृत रूपमा प्रवेश गरी ह्याकरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे लेखिएका समाचार डिलिट गरिएको छ ।

उकेराका सम्पादक केपी ढुंगानाले सिएमएसमा अनधिकृत रूपमा प्रवेश गरी लामिछानेबारे लेखिएका समाचार डिलिट गरिएको बारे नेपाल प्रहरीको साइबर ब्युरोमार्फत कानुनी उपचारमा जाने जानकारी दिएका छन् । ‘प्रकाशित समाचारप्रति कसैको आपत्ति भए कानुनी उपचारको बाटो खुल्ला हुँदाहुँदै सिएमएसमा अनधिकृत रूपमा प्रवेश गरी सामाग्री हटाउने आपराधिक कामको हामी भर्त्सना गर्दै यसबारे नेपाल प्रहरीको साइबर ब्युरोमार्फत कानुनी उपचारमा जाने जानकारी गराउन चाहन्छौं,’ ढुंगानाले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको नागरिक अवैध भएको र उनको सांसद पद खारेज हुनेलगायतका समाचार उकेराले प्रकाशित गर्दै आएको थियो । त्यसपछि उकेराविरुद्ध लामिछानेका प्रशंसक र समर्थक गाली बेइज्जतीमा उत्रिएको ढुंगानाको भनाइ छ ।

उकेरा टिमले डिलिट गरिएका समाचार पुन: प्रकाशित गर्ने तयारी भइरहेकाे जानकारी दिएकाे छ । न्युजकारखाना


१६ माघ, काठमाडाैँ। पूर्व प्रेमिकाको चरित्रहत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन्। फेसबुकमार्फत चिनजान

माघ १५ ,काठमाण्डौ। सिजी नेटद्वारा उपलब्ध गराइने इन्टरनेट सेवाहरू ठप्प भए सँगै इन्टरनेट सर्भिस

१४ माघ, काठमाडाैँ। करीब तीन घण्टा डाउन भएका अधिकांश सरकारी वेबसाइट सञ्चालनमा आएका छन्। शनिबार

१२ माघ, पाल्पा। पाल्पाको रामपुर नगरपालिकाको कार्यालयमा डिजिटल प्रविधिको नागरिक वडापत्र राखिएको छ । कार्यालयमा