१६ माघ २०७९, सोमबार

Logo

विद्युत्‌का पोलमा अनावश्यक झुन्डिएका इन्टरनेट र केबलका तार हटाउन व्यवसायीको आनाकानी



१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार तथा उपकरणहरू हटाउन पटकपटक ताकेता गरे पनि केबल टिभी तथा इन्टरनेट सेवाप्रदायकहरूले अटेरी गरेका छन् । कात्तिक १५ गते प्राधिकरणले ४५ दिनको समय दिएर तार तथा उपकरण व्यवस्थित गर्न चेतावनी दिएको थियो ।

सूचना प्रकाशित भएको ३३ दिनसम्म पनि उनीहरूले कुनै चासो नदिएको प्राधिकरणले जानकारी दिएको छ । निर्धारित अवधिसम्म सुधार कार्य नभएमा प्राधिकरण आफैंले तार हटाउने र यसबाट हुनसक्ने नोक्सानीका लागि केबल/इन्टरनेट/दूरसञ्‍चार सेवा प्रदायक आफैं जिम्मेवार हुने प्राधिकरणको भनाइ छ ।

सेवा प्रदायकहरूले निर्धारित समयावधि भित्र केवल व्यवस्थापन नगरे ने. वि. प्रा. ऐन, २०४१ को दफा १९ (ख) र १९ (छ) बमोजिम ने. वि. प्रा. आफैँले हटाउँदा हुने क्षतिका लागि इन्टरनेट तथा टि. भी सेवा प्रदायक स्वयम् जिम्मेवारी हुने समेत चेतावनी दिएको छ।


१६ माघ, काठमाडाैँ। पूर्व प्रेमिकाको चरित्रहत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन्। फेसबुकमार्फत चिनजान

माघ १५ ,काठमाण्डौ। सिजी नेटद्वारा उपलब्ध गराइने इन्टरनेट सेवाहरू ठप्प भए सँगै इन्टरनेट सर्भिस

१४ माघ, काठमाडाैँ। करीब तीन घण्टा डाउन भएका अधिकांश सरकारी वेबसाइट सञ्चालनमा आएका छन्। शनिबार

१२ माघ, पाल्पा। पाल्पाको रामपुर नगरपालिकाको कार्यालयमा डिजिटल प्रविधिको नागरिक वडापत्र राखिएको छ । कार्यालयमा