१६ माघ २०७९, सोमबार

Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२ वटा आइफोन-१४ प्रो म्याक्स बरामद



१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद गरेको छ। विमानस्थल भन्सार कार्यालयले आइतबार चेकजाँच गर्दा ६१ वटा आइफोन र ४ थान सामसुङ मोबाइल बरामद गरेको हो।

ती मोबाइलहरू नेपाल आएका तीन कोरियाली नागरिकका साथबाट अनधिकृतरूपमा ल्याइएको पाइएपछि बरामद गरिएको कार्यालयले जानकारी दिएको छ।

भन्सार कार्यालयले तीन जना कोरियन नागरिकहरूको लगेज चेकगर्दा आइफोन-१३ र १४ प्रो-म्याक्स ६१ वटा, ८० वटा चार्जर र४ थान सामसुङ मोबाइल फेला परेको हो। ती मोबाइलहरू १ करोड १५ लाख बराबरको भएको भन्सार कार्यालयको अनुमान रहेको छ।

उनीहरूको लगेजमा गल्फ खेलमा प्रयोग हुने सामग्री भेटिएका कारण उनीहरू गल्फ खेल्न नेपाल आएको हुनसक्ने अनुमान गरिएको छ।

उनिहरूको कुनै तस्करसँग सेटिङ रहेका कारण अनधिकृत रूपमा मोबालइ ल्याएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।


१६ माघ, काठमाडाैँ। पूर्व प्रेमिकाको चरित्रहत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन्। फेसबुकमार्फत चिनजान

माघ १५ ,काठमाण्डौ। सिजी नेटद्वारा उपलब्ध गराइने इन्टरनेट सेवाहरू ठप्प भए सँगै इन्टरनेट सर्भिस

१४ माघ, काठमाडाैँ। करीब तीन घण्टा डाउन भएका अधिकांश सरकारी वेबसाइट सञ्चालनमा आएका छन्। शनिबार

१२ माघ, पाल्पा। पाल्पाको रामपुर नगरपालिकाको कार्यालयमा डिजिटल प्रविधिको नागरिक वडापत्र राखिएको छ । कार्यालयमा